दफा २७
निर्णयमा खुलाउनु पर्ने कुरा
  सम्झौतामा अन्यथा उल्लेख भएकोमा बाहेक मध्यस्थले
निर्णयमा देहायका कुराहरु स्पष्ट रुपमा खुलाउनु पर्नेछः –
(क) मध्यस्थता गर्न सुम्पिएको विषयको छोटकरी विवरण,
(ख) मध्यस्थताको क्षेत्राधिकार उपर कुनै पक्षले प्रश्न उठाएको भए क्षेत्राधिकार भएको ठहर गर्ने आधार,
(ग) मध्यस्थको ठहर र उक्त ठहरमा पुग्न लिईएका कारण र आधार,
(घ) भरीभराउ वा क्षतिपूर्ति गरी दिनु पर्ने कुरा वा रकम,
(ङ) भरीभराउ गर्नु पर्ने रकममा लाग्ने ब्याज र दफा ३१ को म्यादभित्र मध्यस्थको निर्णय कार्यान्वयन नभएमा त्यस्तो समय व्यतित भएपछि लाग्ने थप ब्याज दर,
(च) मध्यस्थताको निर्णय भएको स्थान र मिति ।